रुसमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु, डेढ दर्जन बढी घाइते

मूलसमाचार
१ कार्तिक २०७९, मंगलवार ०८:३९

काठमाडौं । रुसको एउटा सुपरसोनिक सैन्य विमान दक्षिण शहर यस्कको बस्ती क्षेत्रमा दुर्घटना हुँदा करिब ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी डेढ दर्जन बढी घाइते भएका छन् भने ६ जना वेपत्ता भएको जनाइएको छ । युक्रेनको मारियुपोल शहर नजिकै पर्ने यस्क शहरको बस्तीको एउटा अपार्टमेन्टमा दुर्घटनापछि आगो लागेको र नजिकैको विद्यालय खाली गराइएको छ ।विमानका पाइलटले भने दुर्घटना अघि हाम्फालेका थिए । तर पाइलट पनि घाइते भएको र प्यारासुटसँगै भुइँमा लडेका उनलाई स्थानीयले उद्धार गरेको भिडियो सामाजिक सञ्जालमा आएको छ ।

रुसी रक्षा मन्त्रालयले तालिमका रहेको विमान उड्ने वित्तिकै एउटा इन्जिनमा आगो लागेका कारण दुर्घटना भएको जनाएको छ । दुर्घटनामा परेको विमान सुखोइ सु–३४ भएको जनाइएको छ । विमान बस्तीकोबीचमा खसेर आगो लागेकाले त्यसभित्र रहेका सबै जलेर नष्ट भएको पनि स्थानीयले बताएका छन् । दुर्घटनापछि उक्त क्षेत्रलाई सुरक्षाकर्मीले घेरा हालेर उद्धार गरेका थिए ।

दुर्घटनास्थल रुसले अधिनस्त गरेको युक्रेनी भू–भाग नजिकै रहेकाले रुसी राष्ट्रपति भवन क्रेमलिनले दुर्घटनाको विस्तृत छानविन गर्न भनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*