आगामी चुनाव परिर्वतनकारी र प्रतिगमनकारी बीचको लडाई होः अध्यक्ष प्रचण्ड

मूलसमाचार
५ कार्तिक २०७९, शनिबार १५:१६

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंसिर ४ को चुनाव आन्दोलन र अभियान दुवै भएको बताउनुभएको छ । शनिबार सत्ता गठबन्धनले विराटनगरमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आगामी ४ मंसिरको चुनाव सामान्य नभइ परिर्वतन चाहाने र प्रतिगमन चाहानेबीचको लडाई भएको बताउनुभयो ।

‘यो निर्वाचन अभियान भनेको एउटा आन्दोलन पनि हो, अभियान पनि हो,’ अध्यक्ष प्रचण्डले कार्यकर्तालाई आग्रह गर्दै भन्नुभयो, ‘यो अभियानलाई गहिरोसँग लिदिनुहोला। सानातिना कमीकमजोरी हिजो छन् भने पनि यो महान् उद्धेश्यको निम्ति त्यसलाई थाति राखेर संविधान, लोकतन्त्र र जनताका एकढिक्का होइदिनुहोला।’

उहाँले अहिले पनि आफूहरुविरुद्ध षडयन्त्र नरोकिएको बताउनुभयो। ‘गठबन्धनका सबै साथिहरुलाई कुरो गहिरो छ, अहिलेपनि षडयन्त्र रोकिएको छैन्। हामी अन्तिम रुपमा विजयको यात्रातिर छौं,’ अध्यक्ष प्रचण्डले भने, ‘यो निर्वाचन एउटा यस्तो खुड्किलो हो जहाँबाट हामी लोकतन्त्र र परिवर्तनका विरोधीहरुलाई, प्रतिगामी शक्तिहरुलाई परास्तर गरेर विकास र समृद्धिको आधार तय गर्न सकूँ।’

अध्यक्ष प्रचण्डले नेता–कार्यकर्ताहरुलाई निर्वाचनपछि आफूहरुको सरकार बनेसँगै अवसर नै अवसर प्राप्त हुने समेत बताउनुभएको छ । अध्यक्ष प्रचण्डले गठबन्धनको सरकार बनेपछि जनता र नेता कार्यकर्ताले अवसर नै अवसर प्राप्त गर्ने बताउनुभएको हो । ‘हाम्रो सरकार बनिसकेपछि अवसर नै अवसर तपाईंहरुलाई हुनेछ,’ अध्यक्ष प्रचण्डले सम्बोधनको क्रममा भन्नुभयो।

साथै, उहाँले अन्याय भएकोजस्तो लागेकाहरुको पनि निर्वाचनपछि सम्बोधन हुने बताउनुभयो। ‘जो साथिहरुलाई अलिकति अन्याय भएकोजस्तो लागेको छ तीनलाई सम्बोधन गरिनेछ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यहाँ हलभित्र रहनुभएका सबै नेताहरु, मैले सुरुदेखि तपाईंहरुलाई नेता भनेको छु, गाउँ गाउँमा पुगेर तपाईंहरुले जनतालाई सचेत गर्नुपर्नेछ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*