मकवानपुरगढीमा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य धमाधम

पालिका संचारकर्मी
१९ श्रावण २०७८, मंगलवार ०७:४१

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता प्रकृयाको कार्य धमाधम भइरहेको छ ।

पहिलो चरणमा सुरुमा पालिकाको वडा नम्बर ३,४,५ र ६ मा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य थालनी भएको हो ।

परिचयपत्रका लागि अहिलेसम्म पालिकाको ६ नम्बर वडामा दर्ता कार्य सकिएको र अहिले वडा नम्बर ५ मा धमाधम काम भइरहेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले जानकारी दिए । ‘पालिकाको ६ नम्बर वडामा लगभग काम सकिएको छ । अहिले ५ नम्बर वडामा परिचयपत्रका लागि दर्ता प्रकृयाको काम भइरहेको छ । ’ अध्यक्ष हुमागाईंले भने, ‘यसपछि वडा नम्बर ३ र ४ मा काम गरिनेछ । ’ पालिकाको बाँकी वडा नम्बर १,२,७ र ८ मा भने अर्को चरणमा राष्ट्रिय परिचयपत्र वितरणका लागि काम गरिने अध्यक्ष हुमागाईंले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको राष्ट्रिय परिचयपत्र अभियान अन्तरगत जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट खटिएको टोलीले छलफल आयोजना गरेपछि पालिकाको समन्वयमा परिचयपत्रका लागि काम सुरु गरेको हो ।

राष्ट्रिय परिचयपत्रका लागि आवेदन १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर,जन्ममिति, लिंग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्नेछ । फारममा दशवटै औंलाको औंठा छाप,आँखाको नानी,तस्वीर,राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ ।

नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवासुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्द गर्नका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्यांक तथा अभिलेख नीति एवं योजना निर्माणमा प्रयोग हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*