गीत गाउँदा गाउँदै भारतीय गायकको मृत्यु

मूलसमाचार
१८ जेष्ठ २०७९, बुधबार ०७:३८

एजेन्सी । स्टेजमा गीत गाउँदा गाउँदै एक भारतीय गायकको मृत्यु भएको छ । भारतीय गायक कृष्णकुमार कुन्नथ (केके) कोकाटामा आयोजित एक कन्सर्टमा गीत गाइरहेको बेला एक्कासी हृदयघात भई मृत्यु भएको हो ।

उनको गीत गाउँदा गाउँदै स्वास्थ्य खराब भएपछि स्टेजमै लडेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । अस्पताल पुग्नासाथ चिकित्सकहरुले उनको मृत्यु भइसकेको जनाएका थिए । ५३ वर्षका गायक केकेको निधनमा भारतीय प्रधानमन्त्रीले पनि शोक व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*