विषाक्त मदिरा सेवन गर्दा ७ जनाको मृत्यु

मूलसमाचार
१० श्रावण २०७९, मंगलवार १०:२२

एजेन्सी । भारतमा विषाक्त मदिरा सेवन गर्दा ७ जनाको मृत्यु भएको छ। पीटीआईका अनुसार गुजरातको बाटोड जिल्लाको रोजिद गाउँमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु भएको हो।

मदिरा सेवनका कारण अरु १० जना बिरामी भएका छन्। उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरुले बताएका छन्। विषाक्त मदिरा बेच्न व्यवसायमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको गुजरातका प्रहरी महानिर्देशक आशिष भाटियाले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*