‘उत्पादनमुखी शिक्षाले समाजवादमा पुग्न सकिन्छ’ (भिडियो)

मूलसमाचार
२१ भाद्र २०७९, मंगलवार १०:५५

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षालाई सुधारेर उत्पादनमुखी बनाउन सकेमात्र समाजवादमा पुग्न सकिने बताउनुभएको छ । उहाँले शिक्षा क्षेत्रको सुधार बिना नेपाली समाजलाई समृद्ध र सुसंस्कृत बनाउन नसकिने धारणा राख्नुभयो । खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले समाजवादको निर्माण नै शिक्षा भएको बताउनुभयो ।

शिक्षा क्षेत्रमा सुधार नगरी समाजलाई अनुशासित, सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने बताउनुहुँदै उहाँले उत्पादन प्रक्रियालाई समाजवादउन्मुख बनाउन हाम्रो शिक्षालाई उत्पादनमुखी बनाउनेतर्फ ध्यान जानुपर्ने बताउनुभयो । उहाँले समाजवाद यात्राको चेतना नै शिक्षा भएकाले अब उत्पादन वृद्धिको अभियान, श्रम प्रयोगको अभियान र सांस्कृतिक रुपान्तरण आवश्यक भएको बताबताउनुभयो ।

अध्यक्ष प्रचण्डले देशमा कस्तो शिक्षा नीति अवलम्बन गरिन्छ भन्ने कुराले विशेष महत्व राख्ने भन्नुहुँदै ०७४ को निर्वाचनमा आफूहरुले शिक्षालाई उच्च महत्व दिने र २० प्रतिशत लगानी गर्नुपर्ने प्रतिवद्धतासहित घोषणापत्र बनाएको भएपनि त्यो व्यवहारमा लागू हुन नसकेको प्रस्ट्याउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*