उपत्यका बाहिर कै पहिलो प्रहरी चौकी,७४ वर्ष देखि एउटै भवनमा प्रहरी

मूलसमाचार
२० फाल्गुन २०७६, मंगलवार १७:०९

हेटौंडा: मकवानपुरको एउटा इलाका प्रहरी कार्यालय ७४ वर्षदेखि एउटै भवनमा सञ्चालनमा छन् । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इलाका प्रहरी चित्लाङ उपत्यका बाहिर मुलुककै पहिलो प्रहरी एकाइ हो जुन सससससम्भवत् नेपालकै पुरानो प्रहरी भवनमा सञ्चालित छ ।
उपत्यका र तराई आवतजावत गर्ने तत्कालीन मुख्य प्रवेशद्वार चित्लाङमा यात्रुको सुरक्षार्थ वि.स. २००२ सालमा चौकी स्थापना भएको थियो ।

गोश्वारा मातहत रहने गरी साबिकको चित्लाङ – ५ स्थित नारायणहिटीको पौवामा चौकी स्थापना भएको स्थानीय वृद्धहरुको भनाई छ । जिल्ला समन्वय समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाको जानकारी अनुसार तत्कालिन राजा तथा राणा सरकारहरु शिकार खेल्न आउने, नोपलका तराई भाग तथा भारत जानेबाटोको रुपमा प्रयोग हुने भएकोले सुरक्षाको लागि उपत्यका बाहिर पहिलो प्रहरी चौकी निर्माण भएको हो ।


आकर्षक काष्ठकला सहित निर्माण भएको प्रहरी चौकी अहिले भने जीर्ण भएको छ । हाल प्रहरीहरु बसेता पनि कामकारबाही गर्न भने अप्ठ्यारो परेको इलाका प्रहरी कार्यालय चित्लाङका इन्चार्ज सहायक प्रहरी निरिक्षक बच्चा महतो कोइरीले जानकारी दिए । दैनिक प्रशासनिक काम गर्ने, खाने,बस्ने एकै ठाउँमा भएकोले अपराधीहरु पक्राउ गर्ने वित्तिकै इलाका प्रहरी कार्यालय पालुङमा खबर गरि लिन बोलाउनु पर्ने बाध्यता रहेको उनी बताउँछन् । हाल थाहा नगरपालिका ९ मा पर्ने उक्त भवन भुकम्पको कारण धरासायी बनको छ । ०७२ सालको भुकम्प र त्यसपछिको पराकम्पनले भवनको माथिल्लो भागमा चिरा परेको छ । अहिले चौकीका प्रहरी भुँई तल्ला, चोटा र बुईँगल रहेको उक्त भवनको तल्लो तलामा मात्रै बस्ने गर्छन् । प्रहरीले सिमेन्टको ब्लक प्रयोग गरि पिँढीमा बार लगाएर बस्ने ठाउँ बनाएको छ । उक्त भवनको एउटा कोठा सार्वजनिक पुस्तकालय र युवा क्लबको लागि एउटा कोठा प्रयोगमा छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हाल २३ जनाको दरबन्दी रहेको उक्त कार्यालयमा ७ जना प्रहरीमात्रै कार्यरत छन् । जिल्लामै प्रहरीको दरबन्दी कम भएकोले प्रहरी पठाउन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चित्लाङ प्रहरी चौकी वरपर अधिकांश ऐतिहासिक सम्पदाहरु भएता पनि अहिले संरक्षण अभावले जीर्ण बन्दै गएका छन् । स्थानीय व्यवसायी बुद्धरत्न मानन्धरले ऐतिहासिक महत्व बोकेको प्रहरी चौकीको संरक्षण गर्दै प्रहरीलाई सुरक्षित भवनमा सार्नुपर्ने तर्क गर्छन् । पर्यटकिय क्षेत्रको रुपमा परिचित चित्लाङको ऐतिहासिक सम्पदाहरुको संरक्षण हुन नसक्दा स्थानीयहरुले चिन्ता प्रकट गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*