गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीद्वारा अध्यक्ष प्रचण्डसँग भेट

मूलसमाचार
१५ चैत्र २०७८, मंगलवार १८:१९

काठमाडौं । गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीले अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । अध्यक्ष प्रचण्डले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । भेटका अवसरमा चैतको १२ र १३ गते सम्पन्न विश्व सम्मलेलनले लिएका प्रतिवद्धताबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालको विकासमा विश्वका विभिन्न देशहरुमा छरिएर रहेका नेपालीहरुको भूमिका महत्वपूर्ण रहँदै आएको बताउनुभयो ।

उहाँले गैरआवासीय नेपाली संघ एकजुट भएकोमा आफू एकदम खुसी भएको बताउनुभयो । अध्यक्षले भन्नुभयो, ‘यो एनआएनएको होइन, यो नेपाली जनताको एकतालाई तपाईहरुले दिएको सन्देश हो । अप्ठ्यारोको बीचबाट पनि नेपालीहरुले बाटो पहिल्याउन सक्छन् भन्ने एकता र क्षमताको सन्देश छ यसमा । नेपालीहरुले अप्ठ्यारोको बीचमा पनि नेतृत्व क्षमता राख्छन् भन्ने सन्देश यसमा छ ।’

सो अवसरमा गैरआवासीय नेपाली संघको तर्फबाट केही निष्कर्ष र योजनाहरु कार्यान्वयनका लागि सहयोग र समन्वय गर्न प्रस्ताव पेस गरिएको थियो । अध्यक्ष प्रचण्डले खादा ओढाएर नवनिर्वाचित पदाधिकारीहरुको टोलीलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*