समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको छुः जनार्दन शर्मा

मूलसमाचार
५ श्रावण २०७९, बिहीबार १९:५०

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानबिन समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको बताएका छन् । बिहीवार समितिले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे सोधका सबै प्रश्नको आफूले जवाफ दिएको बताएका हुन् ।

उनले आफूले समितिले सोधका सबै प्रश्नको जवाफ दिएको र यसको निचोड समितिले नै गर्ने बताए । समितिले तत्कालीन अर्थमन्त्री शर्मासँग बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे सोधपुछ गरेको थियो । तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिको बिहीवार सिंहदरबारमा बसेको बैठकमा यसबारे सोधपुछ भएको छ । समितिको बैठकमा निवर्तमान अर्थमन्त्री शर्मा उपस्थित भएर छलफलमा भाग लिएका थिए ।

तत्कालीन अर्थमन्त्री शर्मालाई २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ । समितिले बुधवारको बैठकमा अर्थमन्त्री र अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*