जसपा केन्द्रीय सदस्यसहित दजनौं नेताकार्यकर्ता माओवादी प्रवेश

मूलसमाचार
७ श्रावण २०७९, शनिबार ०७:१४

काठमाडौं । जनता समाजवादी दलका केन्द्रीय सदस्यलगायत २१ नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रबार माओवादी मुख्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा उनीहरुलाई माओवादी अध्यक्ष प्रचण्डले स्वागत गरेका हुन् ।

माओवादी प्रवेश गर्नेहरुमा केन्द्रीय सदस्य द्वय विरेन्द्र प्रसाद यादव, टेकबहादुर शाक्य रहेका छन् । त्यस्तै मधेश प्रदेशका सदस्य सलाउद्धिन अहमद, जगनाथपुर गाउँपालिका अध्यक्ष कृष्णमोहन प्रसाद यादव,छिपहरमाई गाउँपालिका अध्यक्ष अलि अब्बास मियाँ लगायत रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयले भनेको छ, ‘जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य लगायत विभिन्न पार्टी परित्याग गरी दुई दर्जन नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । पेरिसडाँडामा आयोजित प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले स्वागत गर्नुभयो ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*