सत्तारूढ गठबन्धन बैठक

तालमेल प्रभावकारी बनाउने सत्ता गठबन्धनको निर्णय

मूलसमाचार
१९ बैशाख २०७९, सोमबार ०७:०५

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले गठन गरेको चुनावी तयारी तथा अनुमगन समितिले स्थानीय तहको चुनावमा गठबन्धनको तालमेल प्रभावकारी बनाउने निर्णय गरेको छ । एमाले बरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा गठित शीर्ष नेताहरुको बैठकले गठबन्धनभन्दा बाहिर गएर भएका सवै तालमेल खारेज गर्ने र पार्टी अनुसाशन बाहिर जानेलाई कारबाही गर्ने निर्णय गरेको हो ।  आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुका लागि उक्त निर्देशन दिएको हो ।

यस्तै गठबन्धनको मर्म र भावनाअनुसार एकता कायम गर्दै निर्वाचनमा सक्रियपूर्वक जिम्मेवारी गर्ने निर्णय भएको समितिका सदस्यसचिव केशव जोशीले जानकारी दिए । उनकाअनुसार उक्त निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्णय पनि संयन्त्रको बैठकले गरेको छ । बैठकले पाँच दलको समझदारीअनुसार उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानमा समझदारीअनुरुप अघि बढ्न सबैले मातहत निकायलाई निर्देशन गर्ने निर्णय गरेको हो।

बैठकले गठबन्धनको मर्म र भावनाअनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ।  यो निर्णय पालना नगर्नेलाई आ-आफ्ना दलले कारबाही गर्ने निर्यण भएको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बताएकी छन्।  बागी परेका कयौँ स्थानमा गठबन्धनले उम्मेदवारी फिर्ता गराउन नसकेको अवस्थामा एकजुट भएर अघि बढ्ने निर्णय भएको हो। चितवन, पोखरा र विराटनगर जस्ता ठूला स्थानमा गठबन्धन दलविरुद्ध बागी परेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*