देशमा माओवादी पार्टी बलियो नभए गणतन्त्र बलियो हुँदैनः अध्यक्ष प्रचण्ड

मूलसमाचार
७ श्रावण २०७९, शनिबार ०६:५५

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा माओवादी पार्टी बलियो नभए सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी निर्वाचनमार्फत देशको बागडोर सम्हाल्ने अवसरबाट कोही कसैले रोक्न नसक्ने बताउनुभयो ।

अध्यक्षले परिवर्तन र जनताको परिवर्तनको पक्षमा माओवादीले गरेको योगदानलाई पुनः स्थापित गरेरै छाडिने विश्वास व्यक्त गर्नुभयो । उहाँले नवप्रवेशीलाई उचित जिम्मेवारी दिन आफूले कुनै कसर बाँकी नराख्ने दृढता प्रस्तुत गर्नुभयो । उहाँले पर्सामा कमजोर रहेको माओवादीलाई आजको पार्टी प्रवेशले सबल बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मधेसमा नै माओवादीले जनयुद्धको समयमा ठूलो बलिदान गरेको स्मरण गर्नुभयो ।

आफूहरूको जोडबलमा नै नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको उहाँको भनाई थियो । आफूले पटकपटक नागरिकता विहीनलाई नागरिकता दिलाउने प्रतिवद्धता गरेको स्मरण गर्नुभयो । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय नेताहरू टेकबहादुर शाक्य, सलाउनि अहमद, कृष्णमोहनप्रसाद यादवलगायत दुई दर्जन नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गर्नुभएको थियो । नवप्रवेशीलाई अध्यक्ष प्रचण्डलगायत नेताहरूले स्वागत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*