चुनाव लड्न विदेशीको पैसा लिन बन्द गर्नु पर्छ: नेता श्रेष्ठ

मूलसमाचार
८ श्रावण २०७९, आईतवार १९:०८

काठमाडौं। नेकपा माओावादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चुनाव लड्न विदेशीको पैसा लिन बन्द गर्नु पर्ने बताएका छन् । पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको विश्वको भू–राजनीतिक तनाव र नेपालको परिस्थिति विषयक अन्तर्क्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । श्रेष्ठले पछिल्लो समय नेपालका राजनेताहरुले आफु चुनाव लड्नका लागि विदेशीबाट पैसा लिएर लड्ने र जिते पछि उनीहरुको सोझो गर्ने गरेकै कारण पनि देशले यो हविगत भोग्नु परेको बताए । उनले नेताहरुले आफन्त, नजिकका तथा भोटबैक भएका कार्यकर्ताहरुका छोरीहरुलाई छात्रबृत्ती दिने प्रबृ पनि देखिएका कारण दलहरुमा समस्या आउने गरेको बताए ।

उनले यस्ता कार्य बन्द गरेर राजनीतिमा अन्ध समर्थक हुन बन्द नगरीएको खण्डमा हरेक दलहरु उँधो गतीमा जाने बताए । श्रेष्ठले देशभक्तिहरुको राष्ट्रिय सहमतीका आधारमा एकता हुनु पर्ने बताउँदै वर्तमान अवस्थामा नेपालमा हरेक आन्दोलनको अगुवा भनेको बामपन्थी भएका कारण देशको अवस्थालाई अध्ययन गरेर अगाडी बढे देशको समृद्धी संभव रहेको उनको बताए । उनले देशभक्त शक्तिहरुबीच सके पार्टी एकता नसके चुनावी तालमेल गरेर अगाडी बढेको खण्डमा आफुहरु सफल हुने बताए । समाजबादको कुरा गरेर साम्राज्यवादी शक्तिलाई देश भित्राउन खोजेको खण्डमा राष्ट्र तहसनहस हुने उनको चेतावनी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*