अध्यक्ष प्रचण्डद्वारा गाेरखा क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि मनाेनयन दर्ता

मूलसमाचार
२४ आश्विन २०७९, सोमबार २२:०१

गोरखा। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराउनुभएकाे छ। अध्यक्ष प्रचण्डले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।

अध्यक्ष प्रचण्डले आइतबार गोरखा गएर उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि चितवन- ३ बाट उम्मेदवारी दिने चर्चा भए पनि अध्यक्ष प्रचण्ड अन्तिम समयमा गोरखामा उम्मेदवार बन्न जानुभएकाे हाे। अध्यक्ष प्रचण्डसँग उम्मेदवारी दर्ताका क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गोरखा पुग्नु भएकाे थियाे ।

२०६४ सालको संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौं १० बाट निर्वाचित हुनुभएकाे उहाँ २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुभएकाे थियाे । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाट निर्वाचित अध्यक्ष यो पटक भने गोरखा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा पुग्नुभएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*